२ सय ४० विपन्न परिवारलाई अग्रवाल सेवा केन्द्र र उपकार सेवा नेपालको खाद्यान्न सहयोग

काठमाडौं,जेठ २७ । अग्रवाल सेवा केन्द्र र उपकार सेवा नेपालले काभ्रेको पाँचखाल नगरपालिका ६ स्थित पन्चमुखी हनुमान मन्दिर, तिनपिप्ले एरियाका २ सय ४० परिवारलाई सहयोग गरेको छ ।

 

 

साँझ, बिहान छाक टार्न समस्या भएका २ सय ४० घरधुरी बिपन्न परिवारलाई खाद्यान्न तथा माक्स बितरण गरेको हो ।

 

 

सेवाही परमो धर्मलाई आत्मसात गर्दै हुनेले नहुनेलाई सहयोग गरौ भन्ने भावनाका साथ अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजेन्द्र खेतान,महासचिव सुनिल कुमार धानुका तथा केन्द्रका राजेन्द्र प्रसाद महनसरिया,प्रकाश टिवडेवाल तथा प्रवन्धक बालकृष्ण भट्टराई र उपकार सेवा नेपालका कार्यवहाक अध्यक्ष राकेश अग्रवाल एंव सदस्यहरुको पहलमा बिपन्न परिवारलाई खाद्यान्न तथा माक्स बितरण गरिएको हो ।

 

 

कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएदेखि अग्रवाल सेवा केन्द्र नेपाल र उपकार सेवा नेपाल निरंतर समाज सेवा गररिहेका छन।