प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति नरोत्तम वैद्यले फिर्ता लिए

काठमाडौं,जेठ २९। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्याले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बागमती प्रदेशसभामा दिएको अभिव्यक्ति फिर्ता दिएका छन् ।

 

 

शनिबार प्रदेश सभाको बैठकमा सभामुखसँग समय मागेर उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन् । उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरेका छन् ।

 

 

प्रधानमन्त्री ओलीसँग आफ्नो रिसइवी नभएको उल्लेख गर्दै उनले आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको बताए ।

 

 

आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।