आज यी प्रदेशका एकदुई स्थानहरुमा भारी बर्षाको सम्भावना

काठमाडौं,जेठ ३०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू(भाग सम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाकी भू(भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

 

 

हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका एक(दुई स्थानहरुमा वर्षा भईरहेको अवस्था छ ।

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

 

 

त्यस्तै आज साँझ देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

 

 

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।