मनाङेप्रति आक्रोशित हुँदै पृथ्वीसुब्बा गुरुङ भने सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन्

काठमाडौं,जेठ ३०। निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुई पटक मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रति गुरुङले आक्रोश व्यक्त गरेका छन् ।

 

 

निर्वाचनमा जिताउने देखि सपथ गराउनेसम्म आफुले सहयोग गरेपनि मनाङेले आफुलाई नै धोका दिएको भन्दै उनी आक्रोशित बनेका हुन् ।

 

 

आइतबार भएको पत्रकार सम्मेलनमा गुरुङले चुनाव जिताउन, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेपनि मनाङेले आफुलाई धोका दिएको बताए।

 

 

राजीनामा आएर समाजसेवा गर्छु अब सुध्रिन्छु भनेपछि आफुले सहयाग गरेको उल्लेख गर्दै उनले भने, ‘सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन्।

 

 

गुरुङले मनाङेलाई १६ वैशाखमा युवा तथा खेलकुदमन्त्री पनि बनाएका थिए । तर पछिल्लो पटक उनले कित्ता फेरेर विपक्षी तिर लागेपछि वैकल्पिक सरकार बनेको छ।