नेपालमा थप २,७४५ जनामा कोरोना संक्रमण पुष्टि,थप ४१८७ डिस्चार्ज,४१ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभ देखिएको थियो।

 

 

देशभर पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना कोरोनाबाट निको भएका छन्।

 

 

त्यस्तै ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५०६ जनाको मृत्यु भएको छ।