मुद्दा मिलाउने भन्दै ४० हजार घुस लिने कार्यालय प्रमुख पक्राउ

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुस रकम सहित सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुखलाइ नियन्त्रणमा लिएको छ ।

 

 

अख्तियारले निलकन्ठ सव डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौँ तहका कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेल नियन्त्रणमा लिएको हो ।

 

 

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने ४० हजार रुपैयाँ दिनुपर्छ भनी घुसररिसवत माग गरेको पाइएको अख्तियारले जनाएको छ ।

 

 

उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज कृष्ण प्रसाद पौडेललाई सेवाग्राहीबाट रु.४०,०००।– (चालीस हजार रुपैयाँ) घुस÷रिसवत लिएको अवस्थामा निजलाई उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ’, अख्तियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ।