ज्वाला संग्रौलासहित तीन जना पक्राउ,यस्तो छ कारण

काठमाडौं। प्रहरीले ज्वाला संग्रौलासहित तीन जनालाई पक्राउ गरेको छ । पछिल्लो समय विभिन्न घटनामा विवादीत बन्दै आएकी संग्रौलालाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

 

उनीसहित ३ जनालाई पक्राउ गरिएको हो । अन्य पक्राउ पर्नेहरुमा शर्मिला वाइबा र हिमाल उपाध्याय रहेका छन् ।

 

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार एकजना महिलामाथि कुटपिट गरेको आरोपमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।

 

 

महानगरीय प्रहरी बृत्त गौशाला भित्रै खुश्वु घिमिरेलाई कुटपिट गरेको आरोप उनीमाथि रहेको छ । सोही घटनाको अनुसन्धानका लागि संग्रौलालाई पक्राउ गरिएको हो ।

 

 

उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो ।

 

 

त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।

 

 

संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।

 

झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् ।