प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। उक्त मुद्दामाथि भोलि पनि बहस हुनेछ।

 

 

आज विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि पहिलो दिनको बहस सकिएको छ ।

 

 

 

पहिलो दिन आज पाँच कानुन व्यवसायीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिच्न खोजेको आरोप लगाएका छन् ।

 

 

 

उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा एक सय ४६ जना सांसदको हस्ताक्षरसहित प्रस्तुत गरेको दाबी स्वाभाविक रहेको भन्दै प्रतिनिधि सभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री घोषणा गरिनुपर्ने माग गरेका छन् ।