राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

काठमाडैं। कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुके चढेको हेलिकप्टरमा गोली प्रहार भएको हो ।

 

बीबीसीका अनुसार हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर रहेका थिए ।

 

घटनामा हेलिकप्टरमा रहेका सबै सकुशल रहेका राष्ट्रपति दुकेका प्रवक्ताले जनाएका छन् । आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

 

घटनापछि राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भनेर निन्दा गर्दै आफ्नो देश आतङ्कवादसँग लड्न सक्षम रहेको बताएका छन् ।