आज सार्वजनिक विदा

काठमाडौं। धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो।

 

 

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइने छ।

 

 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्न सो निर्णय गरिएको हो।