एमालेको बैठक बालुवाटारमा सुरु

फाइल फाेटाे

काठमाडौं।नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ ।

 

 

बालुवाटारमा बसेको आजको बैठकले कमिटीलाई भंग गरी २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेछ ।

 

 

यही असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी मंगलबारको स्थायी कमिटी बैठकले गरेको छ।

 

 

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरु भने गएका छैनन् ।