बेल्जियमलाई २–१ अन्तरले हराउँदै इटली पुग्यो सेमिफाइनलमा

काठमाडौं। बेल्जियमलाई हराउँदै इटली युरो कप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली अन्तिम चारमा प्रवेश गरेको हो ।

 

 

इटलीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।

 

 

यो जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । गएराति भएको स्पेन र स्विट्जरल्याण्डको खेल निकै रोमाञ्चक हुँदै पेनाल्टी शुटआउटमा पुगेको हो ।

 

 

खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक–शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो ।

 

 

स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।