उडुसले सताएको छ,यी घरेलु उपायहरु अपनाउनु होस्

काठमाडौं। उडुसको टोकाइबाट रातभर सुत्न नपाएकाहरुले यसबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने जिज्ञासा हुनसक्छ।

 

 

उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई निर्मुल पार्न एकदमै कठिन हुन्छ । यसको नियन्त्रणमा जति ढिलाइ गर्यो, त्यति नै सास्ती भोग्नुपर्ने भएकाले बेलैमा सबै चनाखो हुनु जरुरी छ ।

 

यस्ता छन् उडुस नियन्त्रण गर्ने घरेलु उपायहरू

 

नीमको तेल – नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ। यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन्।

 

कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ। नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ। साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ।

 

 

 

रातो खुर्सानी- रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । रातो खुर्सानीको धूलो उडुस भएको ठाउँमा छरियो भने यसले उडुस निष्क्रिय हुने गर्छन् ।

 

 

 

टी ट्री स्प्रे – टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस् । यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस् । अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस् । यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ ।

 

 

 

पुदिनाको रस- उडुसले पुदिनाको गन्ध सहन नसक्ने भएकाले यसका केही पात आफ्नो ओछ्यानमा राख्न सकिन्छ । यदि घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनु राम्रो हुन्छ । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि उडुसले रोक्न कम हुन्छ ।

 

 

 

नीलगिरी-नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुने भएकाले यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सकिन्छ । नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ ।