जसपाका यी पाँच सांसद दिए महन्थ ठाकुरलाई धोका, गए उपेन्द्र यादवतिर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका छन् ।

 

अमृता अग्रहरी, रानी मण्डल, प्रमोद साह र रूही नाथ र नरमाया ढकालले ठाकुर–महतोको साथ छोडेका हुन् । ठाकुर–महतोको साथ छोडेका उनीहरू शुक्रबार बोलाएको संसदीय दलको बैठकमा अनुपस्थित थिए ।

 

सत्ता परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनासँग जसपाका सांसदहरुले कित्ता परिवर्तन गर्न थालेका छन् । निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेका बेला जसपाको ठाकुर पक्षकासांसद यादवतिर खुल्न थालेका छन् ।

 

जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंगो लगाउने बेलासम्म संसदीय दलमा पनि आफ्नो बहुमत पार्ने प्रयास उपेन्द्र पक्षको छ ।