देउवालाई विश्वासको मत दिन्छौँ :महन्थ ठाकुर

काठमाडौं। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।

 

 

देउवाले पत्र पठाएर र फोन गरेर मत मागेपछि आफुहरु दिन लागेको उल्लेख गर्नुहुँदै उनले आफुहरुले उठाएका माग पुरा गर्न पनि आग्रह गरे।

 

 

आफ्ना सांसद अहिले पनि जेलमा रहेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो हामीले स्वीकार गर्‍यौं । हामी विश्वासको मत दिन्छौं।

 

 

उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही माग पूरा गरेकोमा धन्यवाद पनि दिएका छन् ।

उनले संविधानले जनताका लागि केही नदिएको टिप्पणी पनि गरेका छन् ।