माधव नेपाल समूहका यी हुन,तटस्थ बस्ने १५ जना सांसदहरु (नामसहित)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।

 

 

  माधव कुमार नेपालले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । उनीहरुको देउवाको प्रस्तावको पक्ष र विपक्ष कुनै पनि मत नदिने भएका हुन् ।

 

 

आन्तरिक छलफलपछि नेपाल पक्षका १५ जना सांसदहरु पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णयमा पुगेको छलफलमा सहभागी एक सांसदले बताए ।

 

 

प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मत दिने निर्णय गरेपछि नेपाल पक्षका सांसदहरु मत नदिने निर्णयमा पुगेका हुन्।

 

 यी हुन मत नदिने नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् । विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् ।