वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

काठमाडौं । वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको ८५ वर्ष उमेरमा निधन भएको छ ।

 

मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताए ।

 

नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनमा केही दिनदेखि मुटुको समस्या थियो । उनको परिवारमा दुई छोरीहरू छन् ।