चीनमा अविरल वर्षासँगै आएको बाढीमा परि १३ जनाको मृत्यु

चीन । चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ।

 

शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ। रेल, सडक र विमानस्थल बन्द गरिएका छन्।

 

वर्षाले सबैभन्दा धेरै प्रान्तको राजधानी झेङझाउ प्रभावित भएको छ। धेरै मानिसहरू झेङझाउको सब वेमा बाढी आउँदा फसेका थिए। झेङझाउ सहर एलो रिभरको छेउमा छ। अत्याधिक वर्षा भएपछि नदी बढेको छ भने बाँधिएका ड्याम जुनसुकै बेला फुट्ने खतरामा पुगेका छन्।

 

मौसमविद्हरूले हेनानमा यति धेरै वर्षा एक हजार वर्षमा एक चोटी हुने घटना भनेका छन्। बुधबार पनि उक्त प्रान्तमा भारी वर्षा हुने अनुमान गरिएको छ भने सामान्य वर्षा अझै केही दिन जारी हुनेछ।