कोरोना खोप थप आठ लाख डोज आइपुग्यो

काठमाडौं। कोभिड–१९ विरुद्धको थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको खोप बेइजिङबाट आज दिउँसो काठमाडौं आइपुगेको हो ।

 

 

यसअघि असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएकोे थियो । बाँकी खोप लिन नेपाल एयरलाइन्सको जहाज साउन ९ गते चीन जाने तालिका रहेको छ ।