जर्मनीमाथि ब्राजिलको सहज जित

काठमाडौँ । टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फ ब्राजिलले जर्मनीमाथि सहज जित निकालेको छ । बिहीबार योकोहामास्थित निसान स्टेडियममा ब्राजिलले जर्मनीलाई ४–२ गोलले पराजित गरेको हो ।

 

ब्राजिललाई जिताउन रिचार्लीसनले ह्याट्रिक गरे भने पाउलिन्होले एक गोल गरे । जर्मनीका नाडिम अमिरी र राग्नर एगले एक–एक गोल फर्काए । रिचार्लिसनले खेलको छैटौँ मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए । २१ र २९औँ मिनेटमा गोल गर्दैै रिचार्लिसनले ह्याट्रिक पूरा गरे अनि पहिलो हाफमा ३–० गोलको अग्रता दिलाए ।

 

जर्मनीका अमिरीले खेलको ५६ र एगले ८३औँ मिनेटमा गोल गर्र्दै जर्मनीलाई खेलमा फर्काउने कोसिस गरे । तर पाउलिन्होले ९०औँ मिनेटमा गोल गर्दै ब्राजिललाई जिताए । जितसँगै समूह ‘डी’ को ब्राजिलले पहिलो खेलमा ३ अङ्क जोडेको छ । जर्मनीले भने हारबाट ओलम्पिकमा सुरुआत गरेको छ ।