हाइड्रोपावरमा कार्यरत ओभरसियरको ढुंगा लागेर मृत्यु

कैलाली । दार्चुलाको अपि हिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ ।

 

हाइड्रोपावरको पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर गणेशसिह बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।अपिहिमाल गाउँपालिका ३ घर भएका बोहरा निर्माणाधीन १० मेगावट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए ।

 

ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।