बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी, यी एजेन्डामा हुदैँछ छलफल !

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारीको बैठक जारी छ ।  शुक्रबार ९ बजे बस्ने भनिएको बैंठक १० बजेपछि प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुरु भएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरू भएको बताए। उनकाअनुसार आज महाधिवेशन केन्द्रित बैठक गरिएको छ। बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दैछन्।

 

पदाधिकारी बैठकमा वडा अधिवेशनबारे पनि छलफल हुनेछ। साउन १२ मा वडा अधिवेशन तोकिए पनि अहिलेसम्म क्रियाशीलको टुंगो लागेको छैन। आज पदाधिकारीबीच केही सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ।

 

प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने भनेपछि आज बूढानिलकण्ठमा बैठक राखिएको हो। देउवा प्रधानमन्त्री भएपछि दुई दिन पदाधिकारी बैठक बालुवाटारमा बसेको थियो।