सडकमा काम गरिरहेका मजदुरको पहिरोमा पुरिएर मृत्यु

पाँचथर । पाँचथरमा सडकमा काम गरिरहेका मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–५ सुभाङस्थित मध्यपहाडी लोकमार्गमा सडकमै काम गरिरहेका तेह्रथुम आठराई गाउँपालिका–५ छातेढुङ्गा घर भएका २७ वर्षीय टीका मोक्तानको मृत्यु भएको हो ।

 

 रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानलाई रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अवस्थामा १५ मिटर माथिबाट पहिरो खसेर पुरेको थियो ।

 

घटनाको जानकारी पाएलगतै खटिएको इलाका प्रहरी कार्यालय अमरपुरको प्रहरी टोलीले उद्धार गरी निकाल्दा मुक्तानको मृत्यु भइसकेको थियो । घटना सम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाँचथरबाट भइरहेको छ ।