प्रधानमन्त्री देउवालाई नेम्वाङको कटाक्षः कांग्रेसका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं

काठमडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। साथै शुक्रबार प्रतिनिधिसाभा बैंठकमा नेम्वाङले आफ्नो पार्टीको एउटा समूहसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका थिए ।

 

उनले अघि भने, ‘तपाईंको पार्टीभित्रका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं ।’ एउटा पार्टीको केही व्यक्तिसँग गठबन्धन गर्नु असंसदीय, अलोकतान्त्रिक र संविधान विपरीत हो भन्ने जान्दाजान्दै कांग्रेसले विगतमा ‘कम्युनिस्टहरु लोकतान्त्रिक मूल्य मान्यता जान्दैनन्’ भनेर सम्झाउने गरेको भन्दै उनले भने, ‘त्यसभित्र यो पर्छ । त्यसउपर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेका २६ सांसदले समर्थन गरेका थिए भने  साउन ३ गते प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिने कम्रमा माधवकुमार नेपालसहित एमालेका २२ सांसदले मत दिएका थिए ।