१० दिनदेखि हराइरहेकी सम्झनाको शव फेला

धादिङ । धादिङमा १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ ।

 

गजुरी गाउँपालिका वडा नम्बर ८ स्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

 

उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको छैन ।’

 

मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ । घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।