प्रधानसेनापतिको कार्यवाहक जिम्मेवारी शर्मालाई दिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं। प्रभुराम शर्माले प्रधानसेनापतिको कार्यवाहक जिम्मेवारी पाएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

 

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।

 

 

 

अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका थिए ।थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।