माओवादीले सांसदबाट हटाएका चार नेता पुनर्बहालीको माग गर्दै सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएका चार नेता पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरु पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगेका हुन् ।

 

नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

 

 

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।