केएमसीमा कर्मचारीको आन्दोलन चर्किदै, के भन्छ प्रशासन ?

काठमाडौँ । काठमाडौं मेडिकल कलेजका प्रशासन प्रमुख प्रकाश थापालेले आन्दोलनरत कर्मचारीहरूले अन्य काम गर्ने कर्मचारीहरूलाई भड्काउन खोजेको अरोप लगाएका छन् । आफुँले उनीहरूको सबै मागहरू पुरा गरेको र मेडिकलका सबै कर्मचारीहरूलाई सेवा सुविधा दिई रहेको थापाले दाबी गरेको छन् ।

 

 

आन्दोलनरत कर्मचारीहरूले मागविहीन आन्दोलन गर्दै मेडिकल कलेजको अस्तित्व समाप्त गर्न खोजेको उनको ओरोप थियो ।

 

 

 

उनले भने ,’ हाम्रो आन्तरीक मामिलालाई लिएर अनाश्यक तनाव सिर्जना गर्नु संस्था कै लागि घात हो, उनीहरूलाई तत्काल याे आन्दोलन रोकेर वार्तामा आउन आह्रवान गर्छु ।’

 

 

तर,आन्दोलनरत कर्मचारीहरू भने प्रशासनले आफुँहरूको माग नसुनेको गुनासो गर्दै आएका छन् । नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ विनियम २०७७ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा अस्पताले कटौती गरेको भन्दै एक हप्ता देखि शान्तिपूर्ण आन्दोलन गरि रहेको विनोद घिमिरे बताए ।

 

 

सथै, श्रम ऐन् अनुसार कुनै पनि ट्रेड यूनियका पदाधिकारीहरूलाई सरूवा वा बढुवा गर्न नपाउने नियम हुँदा हुदैँ प्रशासनले आफ्नो दादागिरी देखाउदै कर्मचारीहरूलाई दुःख दिने काम गरेको उनले बताए ।

 

 

उनीहरूले  भने, ‘व्यवस्थापक सुनिल शर्मा र केपी शर्मालाई ६ बुदें माग पत्र बुझाउदा समेत व्यवास्था गर्नु गैर जिम्मेवारीपूर्ण प्रवृति हो ।’ सथै,   सरूवा गरिएका कर्मचारीहरूलाई बदर नगरेसम्म वार्ता र कुनै पनि सहमति नगर्ने आन्दोलनरत कर्मचारीहरूले चेतावनी दिए । 

 

 

पुराना कर्मचारीहरूलाई सेवा,सुविधा धेरै दिनु पर्ने भएपछि उनीहरूलाई प्रशासनले राजीनामा दिन दबाब दिने गरेको उनिहरूको आरोप थियो। त्यस्तै व्यवस्थापकले १३ जना कर्मचारीलाइ ५७ वर्ष मै उमेरहद लगाएर जबर्जस्ती काम बाट निकालेको घिमिरेले आरोप लगाए ।