आइतबार २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि , थप १८ जनाको मृत्यु

काठमाडौँ । आइतबार नेपाल थप २ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ जना र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४।१ प्रतिशत रहेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ ।