आज मिति २०७८ साल साउन १८ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ-साथिहरुको लहैलहैमा लाग्नाले पढन पाढनमा अरुभन्दा पछि परिनेछ । बिज्ञापन तथा प्रचार प्रसारमा समय दिदा व्यापार व्यावसायमा आम्दानि बढाउँन सकिनेछ । बाहिरि खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेम सम्बन्धमा एकले अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । समय र परिस्थितिको अध्ययन नगरि बोल्दा वा कुनै निर्णय गर्दा मान सम्मानमा कमिको महशुष हुँनेछ ।

 

 

 

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो-पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राविधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

 

 

 

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा- बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ ।

 

 

 

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो-आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि प्रयत्न गर्दा बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।

 

 

 

सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे-राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

 

 

 

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो-कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

 

 

 

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते-भौतिक सम्पति तथा सवारि साधनको प्र्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । व्यापारमा समय दिए अनुशार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तुलनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा केहि समय खर्चिय राम्रा तथा उपलब्धिमुलक कामहरु बन्नेछन् । माया प्रेममा अबिश्वास बढ्नेछ ।

 

 

 

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू-पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् ।

 

 

 

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे-पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।

 

 

 

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी- तपाईको सिर्जना तथा लेखरचनाहरु अरुले प्रयोग गरि फाईदा लिन सक्छन् ध्यान दिनुहोला । बौद्धिक कार्यमा सहभागि भएपनि न्यून पारिश्रमिक पाउदा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानि गर्न सकिनेछ भने शिक्षा क्षेत्रमो लगानिबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ भने भौतिक सम्पतिको प्रयोग गर्न नजान्दा प्रविधिमा अरुभन्दा पछि परिनेछ ।

 

 

 

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा-खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

 

 

 

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची-प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् ।