एमालेको विधान संशोधन गर्न शीर्ष नेतासँग छलफल गर्दै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनका लागि शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । पार्टी अध्यक्ष ओलीले शुक्रबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टीका शीर्ष नेताहरुसँग विधान संशोधनबारे आन्तरिक छलफल गर्ने भएका हुन् ।

 

उनले भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी कमिटी र केन्द्रीय कमिटीका सिमित नेताहरूसँग छलफल गर्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

 

२०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्नुपर्ने आवश्यकता रहेको सचिव तामाङले जानकारी दिए ।