एकदिन पछाडि सारियो एमाले स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज आइतबार बस्ने भनिएको बैठक एक दिन पर सरेको हो ।

 

पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

 

नेकपा एमाले स्थायी कमिटी बैठक यही साउन २५ गते बिहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने छ ।

 

भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ ।

 

शुक्रबार सकिएको यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।