स्वस्थ रहनका लागि यी कुरामा ध्यान दिनुस् ?

 

काठमाडाैँ । जीवनभर निरोगी हुन पाए कति राम्रो हुन्थ्यो । भनिन्छ, निरोगी जीवन विताउन पाउनु आफैमा एक सौभाग्य हो । तर, यसका लागि कामना गरेर मात्र पुग्दैन । आफ्नै जीवनशैलीलाई सन्तुलित बनाउन सक्नुपर्छ ।

 

स्वस्थ रहनका लागि ठूलै काम गर्नु पर्दैन । दैनिक जीवनमा गरिने स(साना कार्यमा विशेष ध्यान दिएर पनि स्वस्थ एवं निरोगी हुन सकिन्छ ।

 

साबुन पानीले हात धुने

 

बाहिर गएर आउदा साबुन पानीले राम्ररी हात धुनु पर्छ । त्यस्तै, बाहिरीलाई छुदाँ, खाना पकाउनु अगाडी तथा खानु अगाडी वा खाना खाइसके पश्चात्त तथा बाथरुम गएपछि साबुन पानीले राम्ररी हात सफा गर्नु पर्दछ । साबुन पानीले राम्ररी हात धु्नाले रोगका किटाढाु नष्ट हुने गर्छ, जसले हामीलाई निरोगी तथा स्वस्थ रहन मद्दत गर्छ ।

 

घरको सरसफाईमा विशेष ध्यान गर्ने

 

मानिसलाई स्वस्थ राख्न घरको सरसफाई महत्वपूर्ण हुने गर्दछ । घरको सरसफाई भन्नाले घरको कोठा देखि भान्छा तथा बाथरुमसम्म पर्दछ । घरको सरसफाई भान्छा तथा शौचालयको सरसफाईमा विशेष ध्यान दिनु पर्दछ । त्यसबाहेक घर वरिपरि पानी जम्न नदिने, सिंक, बेसिन इत्यादीको नियमित रुपमा सफा गर्ने, खानेकुरालाई राम्ररी छोप्ने, चिसो भाडालाई किचन र्‍याकमा नराख्ने, भाडा राख्दा सफा गरेर राखेर तथा खानालाई छोपेर पनि रोग लाग्नबाट बच्न सकिन्छ ।

 

ताजा फलफुल सेवन गर्ने

 

खानामा सधै ताजा फलफुल तथा सागसब्जीको सेवन गरेर पनि स्वस्थ रहन सकिन्छ । त्यस्तै, दैनिक रुपमा प्रयोग गरिने अन्न, चामल, मरमसाला लगायतका खाद्यान्नको राम्ररी भण्डारण गरेर तथा मिति गुज्रिएको खाद्यान्न खरीर नगरेर पनि स्वस्थ रहन सकिन्छ ।

 

चिल्लो कम गर्ने

 

तारेको, भुटेको लगायत मरमसालाको प्रयोग अधिक भएको खानेकुराको सेवनले मानिसलाई विभिन्न रोग लाग्ने गर्दछ । यस्ता खानेकुराको सेवन कम गरेर पनि रोग लाग्नबाट बच्न सकिन्छ । त्यस्तै, पोष्टिक तत्वयुक्त खानाको सेवन , खाना पकाउँदा तापमानको विशेष ख्याल गरेर, खानयोग्य वस्तुको मात्र सेवन गरेर तथा खानालाई छोपेर राखेर पनि स्वस्थ रहन सकिन्छ ।

 

दही, सलादको सेवन गर्ने

 

खानामा सलाद, दूध, दही, हरियो सागसब्जी , दाल लगायतको सेवन गर्ने । खानामा सकेसम्म धेरै भन्दा धेरै खानेकुरा समावेश गर्ने । खाना पकाउँदा तथा पिउदा सफा पानीको प्रयोग गर्ने । साथै, फलफुल तथा तरकारीलाई राम्ररी सफा पानीले धोएर खानाले पनि रोगको संक्रमण हुनबाट बच्न सकिन्छ ।

 

अनस्याचुरेटेड फ्याटको सेवन गर्ने

 

खानामा सकेसम्म मकै, सोयावीन, सनफ्लावर, अलिभ आयल लगायतको अनस्याचुरेटेड फ्याटको सेवन गर्ने ।खानामा चिनी वा नुनको कम भन्दा कम प्रयोग गर्ने । जंकफुड, चिसो पेय पदार्थ, तथा आर्टिफिसियल सुगरबाट बनेको खानेकुराको कम सेवन गर्ने । राती सुत्नु अगाडी २(३ घण्टासम्म खानाको सेवन नगर्ने ।

 

सुत्ने कोठा खुला राख्ने

 

आफू सुत्ने वा आराम गर्ने कोठालाई सधै सफा राख्ने । साथै, खुला राख्ने ताकी त्यहाँबाट हावा भित्र छिर्न सकोस् । आफू सुत्ने तकीया, तन्ना तथा सिरक तथा पर्दाहरुको सरसफाई राम्ररी गर्नुका साथै ओछ्यानलाई बेलाबेलामा घामममा सुकाउने । यसले पनि धुलोका कण शरीरमा छिर्ने तथा धुलोका कारण एलर्जी हुने सम्भावना कम हुने गर्छ ।

 

योगा गर्ने

 

शरीरलाई स्वस्थ एवं निरोगी राख्न योगा निकै प्रभावकारी मानिन्छ । ययसको लागि विहान सबेरै उठेर योगा, ध्यान तथा मेडिटेसन गर्न सकिन्छ । यसले शरीरमा स्फूर्ति जगाउनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।

 

व्यायाम गर्ने

 

प्रत्येक दिन कम्तीमा आधा घण्टा कुनै न कुनै न कुनै व्यायाम अवश्य गर्ने । धेरै समय एकै ठाउँमा नबस्ने ।

 

नियमित चेकजाच गर्ने

 

नियमित चेकजाचबाट पनि धेरै रोग पत्ता लगाउन सकिन्छ । यसको लागि वर्षमा कम्तीमा एक पटक होल बढी चेकअप गर्ने । साथै, यदी चिकित्सकले कुनै औषधी सेवन गर्न सुझाव दिए त्यसलाई नियमित रुपमा सेवन गर्ने । धेरै भन्दा धेरै समय परिवारसित विताउने । साथै भरपूर मनोरञ्जन गर्ने । यसले पनि मानिसलाई निरोगी एवं स्वस्थ जीवनयापन गर्न मद्दत गर्दछ ।