प्रधानमन्त्रीलाई ओलीको व्यंग्य : जाली मुद्दा जितेर होइन जनादेशबाट प्रधानमन्त्री भएको थिए
प्रकासित मिति : २६ श्रावण २०७८, मंगलवार
प्रकासित समय : १४:५१
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवातर्फ व्यंग्य गर्दै जाली मुद्दा जितेर परमादेशबाट नभएर जनादेशबाट प्रधानमन्त्री भएको बताएका छन् ।
‘ उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन । म जाली मुद्दा जितेर परमादेशबाट पनि भएको होइन, जनादेशबाट भएको हो ।’ उनले भने
प्रधानमन्त्री पदबाट हटेकोमा चिन्ता नरहेको भन्दै उनले भने, ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ मूल गेटबाट फेरि आइन्छ ।’
ओलीले भने, ‘राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन । विभिन्न पार्टीका नेताहरुको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन ।’
२८ असारमा संसद पुनस्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गरेका थिए ।