आलमको मुद्दा ‘हेर्न नमिल्ने’

 

काठमाडौँ । आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको छ ।

 

न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरिएको छ ।

 

२७ चैत २०६४ मा रौतहटमा बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आलम थुनामा छन् । उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो ।