मातृका यादवको असंसदीय शब्द संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको छ ।

 

शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।

 

उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई रुलिङ  गरे । यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकल्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए ।