आज थप २ हजार २१२ जना कोरोना संक्रमित, १ हजार ८६७ जना निको

काठमाडौं । नेपालमा आज थप २ हजार २१२ जना कोरोना संक्रमित थपिएका छन् ।

 

८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन् ।

 

संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ । हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन् ।