प्रचण्डको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित

काठमाडौं। माओवादी केन्द्रको बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव पारित सर्वसम्मतिले पारित गरेको छ ।

 

 

 

शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको दुबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

 

 

बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल प्रतिनिधिसभा चलाउने गरी लागि पर्न अपिल पनि गरेको छ।