अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई प्रचण्डको अपिल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारलाई अपिल गरेका छन्।

 

सोमबार एक प्रेस नोट जारी गर्दै प्रचण्डले परिस्थितिलाई मध्यनजर गर्दै अविलम्ब प्रभावकारी कदम चल्न सरकारलाई अपिल गरेका हुन्।

 

‘हाल दक्षिण एसियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धार हो,’ प्रेस नोटमा भनिएको छ,‘परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्।’