अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले चलायो गोली

काठमाडौँ । अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्र्दै बताएअनुसार अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको छ । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको छ ।

 

अफगानिस्तान तालिवानको कब्जामा परेपछि काबुल एयरपोर्टमा अहिले चर्को भीड देखिएको छ । अमेरिकी सेनाले गोली चलाए लगत्तै एयरपोर्टमा भागदौड मच्चिएको थियो ।

 

गोली चलेसँगै उक्त विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।