वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा

काठमाडौँ । नारायणी अस्पताल वीरगञ्जमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। सो अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।

 

 

औषधी खरिदमा व्यापक अनियमितता भएको भनी उजुरी परेपछि छापा मारेको अख्तियारको हेटौंडा कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिए।

 

टोलीले अहिले औषधी खरिद लगायत अस्पतालका विभिन्न कागजात नियन्त्रणमा लिने काम गरिरहेको प्रवक्ता सापकोटाले बताए ।