काठमाडौं उपत्यकामा राति ८ बजेपछि पनि सवारी साधन चलाउन पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटेको छ ।

 

 

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने गरी यसअघि गरेको व्यवस्था हटाएको हो ।

 

साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो ।

 

 

पछिल्लोपटक थप गरेको निषेधाज्ञा आज बेलुकी सकिँदै थियो। साथै उनकाअनुसार तालिम सञ्चालन गर्नुपरे भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर सञ्चालन गर्न दिइने निर्णय भएको छ। यस्तै निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरिएको छ।