प्रगतिशील साहित्यकार भट्टको निधन

काठमाडौं। वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको ८५ वर्षको उमेर निधन भएको छ। सोमबार बिहान साढे सात बजे आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको साहित्यकार मातृका पोखरेलले जानकारी दिए।

 

उनी विगत चाररपाँच वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए।

 

 

प्रगतिशील लेखक संघका पूर्व अध्यक्षसमेत रहेका भट्टका अढाइ दर्जनजति कृति प्रकाशित छन्। वि.सं. १९९० सालमा बैतडीमा जन्मिएका भट्टले नेपालको बामपन्थी कम्युनिष्ट आन्दोलनमासमेत ठूलो गोगदान पुर्याएका छन्।

 

 

भट्टको पार्थिव शरीरको केहीबेरपछि पशुपति आर्यघाटमा अत्यष्टि गर्ने तयारी छ। उनका श्रीमती, दुई छोरा र छोरी छन्।