मन्त्रीको टुंगो लगाउन प्रचण्डले बोलाए पार्टी स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ। दिउँसो १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

 

सोमबार बिहान सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रीहरुको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी  बैठक बोलाइएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

 

 

माओवादी केन्द्रबाट यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसकेका छन् । अब माओवादी केन्द्रले ४ जना मन्त्री पाउने छन् ।