सत्तारुढ गठबन्धनको बैठक : मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत

काठमाडौँ । सत्तारुढ गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने कुरामा सहमत भएका छन् । शीर्ष तहमा मन्त्रालय टुंगो लगाउने र मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सहमति भएको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

 

 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् । यद्यपि मन्त्रालय भागवण्डाबारे छलफल नभएको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

 

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी थिए ।