दार्चुलामा पहिरोमा परी तीन जनाको मृत्यु

 

काठमाडौँ । दार्चुलामा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। गएराति जिल्लामा आएको अविरल पानीले पहिरो खस्दा दुहु गाउँपालिका–१ बाजपानीका ६६ वर्षीय कौसी महरा र ७३ वर्षीय उनका श्रीमान नरसिंह महराको मृत्यु भएको प्रहरी जनाएको छ।

 

 

राति १० बजेतिर घरमाथिबाट पहिरो खस्दा सुतिरहेका उनीहरू घरसँगै पुरिएका थिए। उनीहरू बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुब विष्टले जानकारी दिए। यस्तै, प्रहरीका अनुसार दुहुँ गाउँपालिका(५ दन्नामा पनि पहिरोमा परेर ८४ वर्षीय मनुवा डडालको मृत्यु भएको छ।

 

 लगातारको वर्षाले जिल्लाको महाकाली नगरपालिकाका ११ वटा घर र निजाम गाड खोलामा रहेको ३० मिटर लामो पक्की पुल पनि बगाएको छ।