कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

 

 

आज काठमाडौंमा महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा  थापाले महामन्त्री पदमा उम्मेदवारी दिने  घोषणा गरेका हुन्।

 

थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए। उनी त्यसबेला शशांक कोइरालासँग पराजित भएका थिए। कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।