मणिपाल मेडिकल कलेज बेचेको विषयमा अखिल (क्रान्तिकारी) को आपत्ती

काठमाडाैँ । पोखराको फूलबारी स्थित मणिपाल मेडिकल कलेज बेचेको विषयमा अखिल (क्रान्तिकारी) ले आपत्ती जनाएको छ ।

 

 

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई समेत जानकारी नै नदिई एकतर्फी ढङ्गले बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेज समूहका नारायण पौडेललाई मणिपाल मेडिकल कलेज बेचेको कुराप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।

 

 

सरकारसँगको सम्झौतामा पोखराको फूलबारी र दीपमा ४९ वर्षको लागि लिजमा लिएको जग्गा र उक्त जमीनमा बनाइएको संरचना अरुलाई हस्तान्तरण गर्न नपाउने कुरासमेत उल्लेख गरेको अध्यक्ष गजुरेलको भनाइ छ ।

 

 

सरकार र मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुपबीच भएको सम्झौता कार्यान्वयन गर्न सङ्गठनले सरकारलाई अपिल गरेको छ । अन्यथा विगतको सम्झौता कार्यान्वयनको निम्ति सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने अध्यक्ष गजुरेलले चेतावनी समेत दिए । 

 

 

भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको यो मेडिकल कलेज सन् १९९४ बाट संचालनमा आएको थियो। मेडिकल कलेज भारतीय समूहले करिब सवा तीन अर्ब रुपैयाँमा खरिद गर्ने सहमति गरेको छ ।