नेपालमा पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १६ सय ६४ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । सोही अवधिमा १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ ।

 

यस्तै कुल संक्रमित पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५०५ जना पुगेका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् ।

 

हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेका छन् भने ५३७ जना आईसीयूमा रहेका छन् ।