एमसीसी उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउने भएकी छन् । एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी अर्को साता नेपाल आउन लागेकी हुन् ।

 

 

नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ । उनले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्नेछिन्।

 

 

उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । राजनीतिक खिचातानिका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।